यी ६ जिल्ला, जहाँ थपिएका छैनन् काेराेना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जिल्लामा संक्रमित थपिएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा संक्रमित संख्या शून्य छ ।

त्यस्तै ५ सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

पछिल्लाे २४ घण्टामा देशभर १४७ जना काेराेना संक्रमित थपिएका छन् । हालसम्म १२ हजार ८४० जना संक्रमित उपचारपछि संक्रमणमुक्त भइसकेका छन् । ५ हजार ३५८ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *