थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये उपत्यकाका ९ जना रहेका छन् । काठमाडौंका ५, भक्तपुरका २ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

आज (बिहीबार) को नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो बिहीबार थप १४७ जनामा संक्रमण भएको पुष्टि गरे ।

हालसम्म १२ हजार ८४० जना संक्रमित उपचारपछि संक्रमणमुक्त भइसकेका छन् । ५ हजार ३५८ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । देशभर २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको पीसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *