नौबिसेमै रोकिए काठमाडौंबाट बाहिरिएका सवारी
२०७७ साउन ८ गते

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनहरु नौबिसेमै रोकिएका छन् । बाटो अवरुद्ध भएका कारण सवारी साधनहरु नौबिसेमै रोकिएका हुन् ।
ट्रक दुर्घटना भएका कारण बिहानैदेखि बाटो अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा हेटौँडा, वीरगञ्ज, चितवन लगायतका ठाउँमा जाने सबै गाडीहरु ट्राफिकले नौबिसेमै राेकेकाे मकालु खबर संवाददाताले जानकारी दिए ।
कति समयपछि बाटो खुल्छ भन्ने ट्राफिकलाई जानकारी छैन ।

२०७७ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








