२४ घण्टामा थपिए २ लाख ७९ हजार बढि, मृत्यु हुनेको संख्या पनि उच्च

काठमाडाैं । विश्वभर कोरोना संक्रमितको अहिलेसम्मकै धेरै मृत्यु भएको छ । पछिल्लो २४ घन्टाको रेकर्ड अनुसार ७ हजार १ सय १३ जनाले ज्यान गुमाए । यो अहिलेसम्मकै ठूलो रेकर्ड हो । दुई दिनअघि भने जम्मा ५ हजार ७ सय जनाले ज्यान गुमाएका थिए ।

यस्तै कोरोना संक्रमित हुनेको संख्या पनि अहिलेसम्मकै उच्च रहेको छ । पछिल्लो २४ घन्टामा २ लाख ७९ हजार ७ सय ६० जना कोरोना संक्रमित भएका छन् । दुईदिनअघि २ लाख ३९ हजार ६ सय ९२ जना संक्रमित भएका थिए ।

अमेरिकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टाको रेकर्ड अनुसार अमेरिकामा ७१ हजार ९ सय ६७ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यता दक्षिण अमेरिकी देश ब्राजिलमा ६५ हजार ३ सय ३९ जना नयाँ संक्रमित देखिएका छन् ।

छिमेकी मुलुक भारतमा ४५ हजार ५ सय ९९ जना कोरोना संक्रमित हुँदा दक्षिण अफ्रिकामा १३ हजार १ सय ५०, कोलम्वियामा ७ हजार ३ सय ९०, अर्जेन्टिनामा ५ हजार ७ सय ८२, रसियामा ५ हजार ८ सय ६२ र मेक्सिकोमा ६ हजार ८ सय ५९ जना नयाँ संक्रमित फेला परेको विश्व स्वास्थ्य सगठनको तथ्यांकले बताएको छ । इरानमा २ हजार ५ सय ८६ नयाँ संक्रमित थपिएका छन् । साउदी अरेवियामा २ हजार ५ सय ८६ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार २ सय ५, ब्राजिलमा १ हजार २ सय ९३ र भारतमा १ हजार १ सय २० जनाको ज्यान गएको छ । भारतमा एकदिनमा मृत्यु हुने अहिलेसम्मकै धेरै हो । पछिल्लो २४ घन्टामा मेक्सिकोमा ९ सय १५ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हालसम्म ४२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा १८ हजार ०९४ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *