वीपीमा थप ६ जना काेराेना संक्रमित भर्ना, २६७ जना डिस्चार्ज

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँ संक्रमित भर्ना भएका छन् ।

वीपीमा हाल १६ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार हालसम्म वीपीबाट २६७ जना संक्रमित डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ उपचाररत एक संक्रतिको मृत्यु भएको पनि उनले जानकारी दिए । याेसँगै प्रतिष्ठानमा काेराेना संक्रमित मृतककाे संख्या २ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिउँसाेसम्म पुष्टि गरेकाे जानकारी अनुसार देशभर काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ४२ पुगेकाे छ । आज थप एक सय जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *