स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

इनफ इज इनफका अभियन्ताहरूले आरडिटी पिसिआर किट खरिदलगायतमा अनियमितता भएको भन्दै स्वास्थ्य मन्त्री ढकाललगायत मन्त्रालयका अधिकारीमाथि छानबिन माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

बुधबार दिउँसो आयोगको कार्यालयमा गएर इनफ इज इनफका अभियन्ताहरुले आज छानबिन थाल्न उजुरी दिएका हुन्। अभियन्ताहरुले स्वास्थ्य मन्त्रालयमा सूचनाको हक प्रयोग गरी कोभिड १९ व्यवस्थापनमा मन्त्रालयले गरेको पूर्ण खर्च को विवरणसमेत माग गरेका थिए ।

अभियन्ताहरूले ओम्नी कम्पनीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुल हरि सिंह भुसाल र उनको सम्बन्ध देखिएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य विभाग प्रमुक महेन्द्र श्रेष्ठमाथिसमेत छानबिन गर्न माग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *