थप एक सय जनामा कोरोना संक्रमण पुष्टि, २०७ जना डिस्चार्ज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टि गरेको छ ।

संक्रमितमध्ये १२ हजार ६८४ जना संक्रमित उपचारपछि निको भएर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २०७ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

५ हजार ३७० जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । आजसम्म २० हजार ८४२ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको पीसिआर परीक्षण भएको छ ।

आज थपिएका संक्रमितहरुमध्ये काठमाडौंका ३ जना रहेका छन् । बाँकी संक्रमितहरू सुनसरी, मोरङ्ग, झापा, ताप्लेजुङ, सप्तरी, धनुषा, बारा, पर्सा, चितवन, लमजुङ, स्याङजा, बागलुङ, बाँके, बर्दिया, सल्यान, कालिकोट, दैलेख, बझाङ लगायत जिल्लाका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *