वीपी स्मृति दिवसमा बाल आश्रमलाई तरुण दलको सहयोग

काठमाडौं । ३८ औं वीपी स्मृति दिवसको अवसरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दल केन्द्रीय समितिले मंगलबार रवि भवन स्थित बाल आश्रममा आश्रित बालबालिकाहरुलाई कोरोना स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेको छ ।

नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा गएको केन्द्रीय समितिले बाल आश्रममा रहेका बालबालिकाहरुलाई कोरोना स्वास्थ्य सामग्रीहरु मास्क, सेनिटाइजर, साबुन वितरण गरेको थियो भने, उनीहरुलाई फलफुल पनी वितरण गरीएको तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जनाए ।

कार्यक्रममा तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्धान गुरुङ लगायत केन्द्रीय समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमलाई नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका १,२,३ र ४ नं. समन्वय समिति, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीइ सदस्य रवि थापाले सहयोग पुर्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *