कोरोना संक्रमणबाट नेपालमा चिनियाँ नागरिकको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत एक चिनियाँ नागरिकको आज (बुधबार) बिहान मृत्यु भएको डा. सान्त कुमार दासले मकालु खबरलाई जानकारी दिए ।

मृत्यु हुनेमा ४९ वर्षीय महिला रहेकी छिन् । पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएकाे थियाे । काठमाडाैंकाे टिचिङ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको डा. दासको भनाइ छ ।

यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा जानकारी दिइसकेको छैन । मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार नेपालमा हालसम्म ४० जना कोरोना संक्रमितको मृत्यु भएको ।

बुधबार बिहान थप एक जना नेपालीको पनि मृत्यु भएको छ । यसबारे पनि स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा जानकारी दिइसकेको छैन । थप दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *