लमजुङमा पहिरो, एकै गाउँका १८ घर पुरिए
२०७७ साउन ७ गते

काठमाडौं । लमजुङमा आज (बुधबार) बिहान पहिरो जाँदा एकै गाउँका १८ बढी घर पुरिएका छन् ।
त्यहाँको मर्स्याङदी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरो खस्दा एकै गाउँको १८ बढी घर पुरिएको प्रजिअ कृष्णप्रसाद शर्माले मकालु खबरलाई जानकारी दिए । मानवीय क्षति भने नभएको उनको भनाइ छ ।
‘१८ देखि २० घर पुरिएको भन्ने कुरा आएको छ । मानविय क्षति भएको छैन । पहिराेमा परी ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ’, प्रजिअ शर्माले भने ।
उनका अनुसार घाइतेहरूकाे अवस्था सामान्य छ । भाैतिक क्षतिकाे विवरण आउन बाँकी छ ।
२०७७ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








