युवालाई गाउँमा नै राख्न युवा क्लब गठन

काठमाडौं । युवालाई गाउँमा नै उद्देश्यका साथ ललितपुरमा क्लब गठन भएको छ । युवाहरू गाउँ छोडेर शहर पस्ने र बिदेशीने समस्या न्यूनिकरण गर्न साथै गाउँमा युवा शक्ति निर्माण गरि खेलकुद, कला, शिक्षा, समाजिक विकास र गाउँको विकासमा भुमिका खेल्ने उदेश्यका साथ क्लब गठन भएको छ ।

लुकेको गाउँका संस्थापक क्लबका गोपाल आर्यालले क्लबले गाउँका लागि काम गर्ने बताए । ललितपुर जिल्लाको कर्णाली भनिने महांकाल गाउँपालिका अहिले पनि विकासबाट टाढै रहेको अवस्थामा क्लबको स्थापना हुनुले आगामी दिनमा युवाहरू माझ आशाको संचार सृजना हुने आर्याले बताए ।

नवगठित युवा क्लबमा ११ कार्यसमिति सदस्य रहेका छन् । क्लबको अध्यक्षमा दुरदर्शन बञ्जारा, उपाध्यक्षमा प्रिया लो, सचीवमा मेलिना घिमिरे, सहसचिवमा सृजना घिमिरे, कोषाध्यक्षमा नबिन घिमिरे र सदस्यहरुमा किशोर तिमल्सिना, आइश्मा सिँगार, जुना भोम्जन, मिना भोम्जन र सुबाश स्याङ्तान चुनिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *