तुइनबाट खसेर हेटौंडामा एक वृद्धको मृत्यु

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र देशभरका तुइन विस्थापिन गर्ने गरेको घोषणा खोक्रो आस्वासन मात्र भएको छ । मंगलबार पनि मकवानपुरमा यस्तै भयो । मकवानपुरको हेटौंडामा तुइनबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ ।

साँझ हेटौंडा उपमहानगरपालिका एकमा १ मा पर्ने राप्ती खोलामाथिको तुइन चढ्ने क्रममा ७७ वर्षिय वृद्द कृष्णप्रसाद पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनि तुुईन चढ्ने क्रममा लडेर घाइते भएपछि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि उनलाई भरतपुर रिफर गरिएको थियो ।

भरतपुर लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

हेटौंडाबाट १ बाट लालझाडी तर्फ जानको लागि झोलुङ्गे पुल भएपनि त्यहाँका केही स्थानीयलाई अपायक पर्ने भएकाले त्यहाँका स्थानीय तुइन चढेर ओहोरदोहोर गर्दै आइरहेका छन् ।

अझैपनि ग्रामिण भेगमा ठूला नदीहरुमा तुईन रहेका छन् । र, तुईनबाट लडेर सर्वसाधारणले ज्यान गुमाईरहेका छन् । धादिङ, मकवानपुर, गाेर्खा तथा पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा अझै  तुइनबाट जाेखिमपूर्ण यात्रा गर्न सर्वासाधारण विवश रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *