दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालनको व्यवस्था हट्यो

काठमाडौँ । सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ ।

सो सँगै यसअघि झैँ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

कोभिड–१९ पछि कार्यालय खोल्दा सरकारले बिहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने भनेको थियो ।

सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =