टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु
२०७७ साउन ६ गते

फाइल फोटो
काठमाडौं । काठमाडौंमा पहिरोमा पुरिएर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
काठमाडौंको टोखा नगरपालिका–१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा रामकुमार राना मगरका ३/३ वर्षका छाेराछाेरी सचिन राना र सन्ध्या राना रहेका छन् । उनीहरु जुम्ल्याहा हुन् ।
धनकुटा भेरी गाउँपालिका २ स्थायी ठेगाना भएका रामकुमारका परिवार नै कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । मंगलबार खाना खाने समयमा आउँदा उनका छाेराछाेरीकाे मृत्यु भएकाे हाे ।
२०७७ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








