६९.३४ प्रतिशतले कोरोनालाई जिते, ७ जिल्ला संक्रमणमुक्त

काठमाडौं । ६९.३४ प्रतिशत कोरोनाको विरामी निको भएका छन् । कोरोना भाइरस संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।

हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । भोजपुर पाँचथर, संखुवासभा, धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्लामा कोरोनाभाइरस संक्रमणमुक्त भएको हो ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको हो । अर्थात ६९.३४ प्रतिशत निको भएका छन् ।

१२ हजार ४७७ ले कोरोना जितेसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको पनि उनले जानकारी दिए । अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *