थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप संक्रमितबारे पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ८ र ललितपुरका १ जना रहेका छन् । अन्य संक्रमित विभिन्न जिल्लाका रहेका छन् ।

संक्रमितमध्ये १२ हजार ४७७ जना उपचारपछि निको भएर फर्किसकेका छन् । पछिल्लाे २४ घण्टामा मात्रै ६०९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । ५ हजार ४७७ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हालसम्म देशभरका २१ हजार ७०४ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ९६३ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =