२०१९/२० मा ला लिगामा मेसीले बनाएका यस्ता रेकर्ड

काठमाडौं । दुई मत छैन अर्जेन्टाइन तथा बार्सिलोनाका कप्तान लियोनल मेसी विश्व फुटवलका महान खेलाडी हुन् । अर्जेन्टिनाका लागि मेसीले विश्वकप जित्न वाहेक व्यक्तिगत रुपमा भने सवथोक पाइसके । अर्थात उनले क्लब फुटवलमा बनाएका यस्ता दुर्लभ रेकर्डहरु छन् जसलाई सितिमिति कसैले भंग गर्ने संभावना विरलै छ । त्यहि भएर मेसीलाई सताब्दीकै उत्कृष्ठ प्लेयर पनि भनिन्छ ।

३३ वर्षिय लियोनल मेसीको नेतृत्वको बार्सिलोनाले स्पेनमा यो वर्ष घरेलु लिग गुमाएपनि उनका लागि भने २०१९/२० को लिग सानदार नै रह्यो । उनले यस सिजनमा पनि व्यक्तिगत रुपमा धेरै रकेर्ड कायम गरे । सर्वप्रथम उनले यसै सिजन आफ्नो ७०० औं गोल पुरा गरे । त्यो देखि वाहेक पनि केही यस्ता रेकर्ड कायम गरे जुन तपाईलाई कमै थाहा छ ।

मेसीले यो सिजन ३३ खेलमा २५ गोल गरे । उनी ला लिगामा सात पल्ट सर्वाधिक गोल गर्ने खेलाडी बने । उनी सातौ पटक पिचिचि अवार्ड पाउने एक मात्र खेलाडी पनि बनेका छन् ।

यसअघि मेसीले सन् २०१०, १२, १३, १७, १८ र सन् २०१९ मा यो अवार्ड जितेका थिए ।  ला लिगाको अन्तिम खेलमा लियोनलले २ गोल गरे । मेसीले गत वर्ष तेल्मो जाराको लगातार ६ सिजन सर्वाधिक गोलको रेकर्ड बराबरी गरेका थिए ।

यसपटक मेसीले असिस्टमा पनि रेकर्ड बनाए । जारी सिजन मेसीले गत सिजन सर्वाधिक असिस्ट गर्ने बार्सिलोनाकै जाभीको रेकर्ड बराबरी गर्दा यसपटक त्यसलाई पनि भंग गरिदिए । उनले गत सिजन २० गोलमा असिस्ट गर्दा यसपटक २१ असिस्टको रेकर्ड बनाए ।

जारी सिजन मेसीले मस्ट चान्स क्रियट गर्ने रेकर्ड पनी बनाए । उनले यो सिजन ८९ वटा गोल गर्ने चान्स बनाए । मेसीले यो पटक १८२ वटा मस्ट टेक वन्स बनाउँदा मस्ट असिस्ट पास इण्डिङ इन फाइनलमा ११४७ को रेकर्ड कायम गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *