अर्थ र भौतिक पूर्वाधार मन्त्रालय नजिक फेला परेका बम डिस्पोज

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रालय नजिक फेला परेका बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम डिस्पोज गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार नेपाली सेनाको टोलीले दुवै मन्त्रालय अगाडी भेटिएको बम डिस्पोज गरेको हो ।

यस्तै धनगढीको एलएन चौकमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले एलएन चौक स्थित अमित प्लाजा नजिकै राखिएको प्रेसर कुकर बम डिस्पोज गरेको हो ।

कैलालीकै लम्कीचुहा नगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको कर्यालय अगाडी सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको हो ।

सुदूरपश्चिममा विप्लवको बन्द
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार सुदूरपशिचम बन्दको घोषणा गरेको छ । धनगढीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृतिम मुद्दा बनाएर पक्राउ गरिरहेको भन्दै विप्लव पार्टी सेती-महाकाली ब्यूरोले आज सेती महाकाली बन्दको घोषण गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *