जिल्ला संघ गठन सम्बन्धी समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । झुटा प्रतिनिधि भन्दै जिल्ला संघ गठनसम्बन्धी समाचारप्रति नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै नेपाल बक्सिङ्ग संघको ०७६ साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरीत संघको नामबाट झुटा प्रतिनिधि भन्दै जिल्ला संघ गठन गरेको भन्ने समाचार सुन्नमा आएकोले सो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘राष्ट्र लगायत विश्वभरनै कोरोना भाइरस (कोभिड – १९) को महामारीले ग्रस्त भइरहेको सर्वविदितै छ । राष्ट्रको खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले यो महामारीबाट हुन सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै देशमा कुनै पनि प्रकारको खेलकुदका गतिविधि लगायत सङ्घसंस्थाको कुनै पनि कार्यक्रम अर्को सूचना नआएसम्मको लागि नगर्नु नगराउनु भन्ने मिति २०७६ फाल्गुन २८ मा परिपत्र भएकोले सोहीअनुसार नेपाल बक्सिङ्ग संघले मातहतका जिल्ला/प्रदेशको गठन एवं अधिवेशन कार्यक्रम नगर्न, नगराउनु हुन सम्बन्धित सबै जिल्ला, प्रदेश बक्सिङ्ग सङ्घलाई जानकारी गराइन्छ’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै संघले उक्त लकडाउन अवधिभर राष्ट्रिय खेलकुद परिषद्को निर्देशन र नेपाल बक्सिङको अनुमति बिना गठन गरिएका जिल्ला, प्रदेश संघहरुलाई केन्द्रीय बक्सिङ्ग संघको मान्यता नहुने समेत जिल्ला, प्रदेश बक्सिङ्ग, खेलाडी प्रशिक्षक, खेल प्रेमीमा जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =