अभ्यास शुरु गर्न मन्त्रिपरिषद्को निर्णय चाहिने

काठमाडौं । राष्ट्रिय फुटबल टिमको अभ्यास स्वीकृति मन्त्रिपरिषद् बैठकबाट हुने भएको छ ।

आइतबार बसेको कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठककले टिमको तयारीको स्वीकृति मन्त्रिपरिषद्बाट हुनुपर्ने निष्कर्ष निकालेको हो ।

यस्तै फुटबलसँगै अन्य खेलकूदसम्बन्धी सम्पूर्ण स्वीकृति मन्त्रिपरिषद्कै बैठकले गर्नेछ ।

एन्फाको विषय मन्त्रिपरिषद्ले हेर्ने सीसीएमसीका सचिव महेन्द्र गुरागाईँले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =