वीपी प्रतिष्ठानमा आज २ जना नयाँ कोरोना संक्रमित थपिए

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज दुई नयाँ कोरोना संक्रमित भर्ना भएका छन् ।
प्रतिष्ठानका अनुसार आज थपिएका दुई जनासँगै प्रतिष्ठानमा ६ जना मात्र कोरोनाका विरामीहरु उपचाररत रहेका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार हालसम्म प्रतिष्ठानबाट २६७ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किइसकेका छन् । प्रतिष्ठानको कोरोना परीक्षण ल्यावमा १२ हजार ६ सय ६२ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण भएको छ ।

प्रतिष्ठानमा अहिलेसम्म १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा प्रदेश १ को कोभिड–१९ का लागि लेवल ३ अस्पताल तयार गरीएको छ ।

सुनसरीमा भने आज पाँच जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरान र रामधुनीका गरि ३ जना महिला र इटहरी क्वारेन्टाइनका २ जना पुरुषमा काेराेना देखिएकाे छ ।

इटहरीका दुवैलाई गोठगाउँ आइसोलेसन केन्द्रमा पठाइएको छ भने रामधुनीका दुवै महिलालाई कोशी कोभिड १९ अस्पताल विराटनगर पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *