नेपाली कांग्रेसका महिला विभागको सचिवमा लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महिला विभागको सचिवमा सुनसरीकी लक्ष्मी खतिवडा मनोनित भएकी छन् । कांग्रेस सभापति शेर बहादुर देउवाले नेतृ लक्ष्मी खतिवडालाई कांग्रेस केन्द्रीय महिला विभागको सचिवमा नियुक्त गरेका हुन् ।

कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा २५ (घ) बमोजिम खतिवडालाई सचिवमा नियुक्त गरीएको नेपाली कांग्रेसका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जनाएका छन् ।

कांग्रेसको आज बसेको वैठकले ३७ जनालाई सदस्यमा पनि मनोनित गरेको छ । मनोनित हुनेहरुमा अनार बस्नेत, अम्बिका न्यौपाने, इन्दिरा कोइराला, कल्पना केसी, कृष्णकुमारी बस्नेत, खगेशरा आचार्य, खगेश्वरी भण्डारी, खगेश्वरी शर्मा, गुणलक्ष्मी ज्ञवाली, जुनद्दिन निशा धुनियाँ, टिका कुमारी बुढा मगर, ठाकुर कुमारी पौडेल, दुर्गादेवी महतो, धनलक्ष्मी श्रेष्ठ, धनशिला मल्ल, नगिना यादव रहेका छन् ।

यसैगरी अन्य सदस्यहरुमा नारुदेवी ओझा, निर्मला खड्का, पार्वती यादव, पुष्पलता लामा, प्रेमकुमारी तामाङ, मनोरमा शेरचन, ममता तामाङ, यशोदा चालिसे, रमादेवी न्यौपाने, राधिका सिंह, रिता चौधरी, रेखा गुरुङ रहेका छन् । यसैगरी ललिता सुनार, लालीमाया तामाङ, शकुन्तला त्रिपाठी, शर्मिला श्रेष्ठ, शारदा पौडेल, शुशिला थापा, शुशिला यादव, संगिता चौधरी र सावित्री गुरुङ रहेका छन् । सभापति देउवाले यस अघि नै इश्वरी न्यौपानेलाई फागुन १९ गते नै केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *