यूएईले पठायो मंगलग्रह अध्ययनका लागि ‘द होप’ नामक यान

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले मंगल ग्रहको अध्ययन तथा अन्वेषणका लागि यान पठाएको छ ।

यो अन्तरिक्ष्को यात्रामा यूएईको नयाँ फड्को हो । ‘द होप’ नाम दिइएको उक्त यान जापानको तानेगाशिमा स्पेस पोर्टबाट प्रक्षेपण गरिएको हो ।

यो यानले अन्तरिक्षमा ५ सय मिलियन किलोमिटर यात्रा तय गरेपछि मंगल ग्रहमा पुग्नेछ । यूएईले यो यानको प्रक्षेपण प्रक्रिया खराब मौसमका कारण यसअघि दुई पटक स्थगित गरेको थियो ।

तेस्रो प्रयासमा भने हिजो यान प्रक्षेपण गरिएको हो । यूएईको यो यान सन् २०२१ को फेब्रुअरी महिनामा मंगल ग्रहमा पुगनेछ । उक्त यानले मंगल ग्रहको मौसम र जलवायुको अवस्थाबारे अध्ययन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *