खुमलटारको निष्कर्ष : ‘ओलीले एक पद छाड्नैपर्ने’

काठमाडौं । पार्टीभित्रको आन्तरिक कलह चर्किँदै गएपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार (आज) बोलाएको बैठकले अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नैपर्ने निष्कर्ष निकालेको छ ।

खुमलटार पुगेका एक नेताका अनुसार बैठकले पार्टीभित्रको विवाद सुल्झाउन ओलीले एक पद छाड्नैपर्ने निष्कर्ष निकालेको हो । ती नेताले ओली पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले नै निकास दिनुपर्ने पनि बताए ।

नेकपाको स्थायी समिति बैठक मंगलबार (भोलि) बस्दैछ । बैठकअघि रणनीति बनाउन प्रचण्ड खेमाका नेताहरुबीच छलफल भएको हो ।

बैठकमा उद्योगमन्त्री लेखराज भट्ट सहभागी नरहेको र गृहमन्त्री रामबहादुर थापा बादल ‘पछि आउँछु’ भन्दै उठेर हिँडेको समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *