‘पछि आउँछु’ भन्दै खुमलटारबाट निस्के बादल

काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पक्षीय स्थायी कमिटी सदस्यहरुसँग छलफल गरिरहेका छन् ।

प्रचण्ड निवास खुमलटारमा सोमबार (आज) बिहान प्रचण्ड खेमाका नेताहरु जम्म भएका हुन् । उक्त भेलामा उद्योगमन्त्री लेखराज भट्ट सामेल भएका छैनन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बालद’ भने केही बेर छलफलमा सहभागी भएर ‘पछि आउँछु’ भनि निस्किएको बताइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्ड–नेपालबीच नै समस्या पैदा भएपछि अहिले झनै कलह उत्कर्षमा पुगेको छ ।

यहीबेला अध्यक्ष प्रचण्डले आफूनिकटका नेताहरुसँग छलफल गरेका हुन् । खुमलटारमा ओलीसँग सम्झौता गरेर अघि बढ्ने वा नेपालको साथ लिएर सघर्ष जारी राख्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

ओलीले ‘अर्ली अधिवेशन’को प्रस्ताव गरेको र प्रचण्डले सहमति जनाएको समाचार बाहिर आएपछि प्रचण्ड-नेपालबीच पनि समस्या आएको हो ।

उक्त विषयमा आतइबार (हिजो) प्रचण्डले आफूले ओलीसँग कुनै पनि सहमति नगरेको भनी बिफिङ्ग गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *