अनलाइन कक्षा बन्द नगर्न निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई अनलाइन कक्षा बन्द नगर्न आग्रह गरेको छ ।

निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेपछि मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरणलाई मध्यनजर गरेर कक्षा नरोक्न भनेको हो ।

प्याब्सन र नेसनल प्याब्सनले गत १ श्रावणदेखि अनलाइन क्लास बन्द गरेका छन् । शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन् ।

मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माका अनुसार निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गगरिएको छ ।

निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको शर्माले उल्लेख गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *