३ दशकको अनुभव भएका मणिराम पोखरेल प्रभु बैंकको डेपुटी सीईओमा नियुक्त

काठमाडौँ । प्रभु बैंकको डेपुटी सिईओमा नियुक्त भएका छन् । उनीसँग बैंकिङ क्षेत्रमा ३ दशक लामो अनभव भएका पोखरेलले समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएसंगै प्रभु बैंकको सेकेण्ड पोजिसनमा रहेर काम गर्दै आएका थिए ।

बैंक सञ्चालक समितिले पोखरेललाई साउन १ गतेदेखी लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नविल बैंकमा सहायक स्तरबाट बैंकिङ करिअर सुरु गरेका पोखरेल नेपाल एसविआई बैंक, एनसिसि बैंकमा कार्यरत रहँदै हिमचुली विकास बैंकमा ८ वर्ष सिईओ भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *