इन्टरनेटको सेवा समयमै मर्मत नभए ग्राहकलाई शुल्क छुट

काठमाडौं । लकडाउन सुरु भए पछि इन्टरनेटमा धेरै समस्या आहिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा सञ्चालनसम्बन्धी विनियमावली जारी गर्दै इन्टरनेट सेवाप्रदायकले अबरुद्ध सेवा छिट्टै मर्मत नगरे ग्राहकलाई सेवा शुल्कमा छुट दिनुपर्ने नयाँ व्यवस्था लागू गरेको हो ।

प्राधिकरणको नयाँ व्यवस्थाअनुसार इन्टरनेट सेवाप्रदायक कम्पनीले सेवाग्राहीसँग २४ सै घण्टा सेवा उपलब्ध गराउने शर्तमा ग्राहकसँग सम्झौता गर्नुपर्छ ।

इन्टरनेट तथा इमेल सेवा अवरुद्ध भएमा त्यसको सूचना प्राप्त भएको २४ घण्टाभित्र मर्मत भइसक्नुपर्छ । लामो समयसम्म पनि संचालनमा आउन नसकेमा ग्राहकलाई सूचना दिने र सेवा दिन नसकेको समयको शुल्क ग्राहकलाई छुट भएको हो । सेवाग्राहीले सेवा पाउँन नसकेमा दूरसञ्चारमा उजुरी दिन पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *