पछिल्लाे २४ घण्टामा थप १५६ जनामा संक्रमण पुष्टि, उपत्यकामा कति थपिए ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएकाे  छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा यसबारे पुष्टि गरेका हुन् । योसँगै कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । क्वारेन्टिनमा रहनेको संख्या आज २२ हजार ६६२ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडाैंका १ र ललितपुरका २ जना रहेका छन् । अन्य संक्रमितहरू सुनसरी, सिरहा, पर्सा, बारा, सर्लाही, रौतहट, मकवानपुर, कास्की, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, रुपन्देही, प्युठान, नवलपरासी, सल्यान, डडेल्धुरा, कैलाली लगायत जिल्लाका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *