मलाई परिबन्दमा पारेर राष्ट्रपति कार्यालय पुर्‍याइयो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई परिबन्दमा पारेर शीतल निवास पुर्‍याइएको बताएका छन् ।

आइतबार (आज) वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई खुमलटार बोलाएर आफूलाई शनिबार (हिजो) परिबन्दमा पारेर राष्ट्रपति निवास पुर्‍याइएको बताएका हुन् ।

“मैले उहाँ (प्रधानमन्त्री)लाई बैठकपछि भेट्न खोजेको थिएँ । त्यहीँ बेला तपाईँ राष्ट्रपति कार्यालय जानुपर्यो भनेर महासचिवले भन्नुभयो, जान्नँ भन्न पनि मिलेन ।” प्रचण्डलाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘अन्य कुनै योजना थिए ।’

यस्तै उनले राष्ट्रपतिसँग पार्टी एकताकै विषयमा कुराकानी भएको जानकारीसमेत दिए । यसअघि हिजो प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएका थिए ।

ओलीको प्रस्तावको अध्यक्ष प्रचण्डले समर्थन गरेको समाचारहरु बाहिरिएका थिए । जसको आजकै भेटघाटमा प्रचण्ड अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *