ओलीको ‘अर्ली अधिवेशन’को प्रस्तावमा सहमति जनाएका प्रचण्डको भेला खुमलटारमा जारी
२०७७ साउन ४ गते

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।
काठमाडौं । मंसिरमा महाधिवेशन गर्ने पार्टी अध्यक्ष तथा केपी शर्मा ओलीको प्रस्तावमा सहमति जनाएपछि आफ्नै गुटमा आलोचित बनेका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेताहरुलाई बोलाएर ओलीको प्रस्तावबारे प्रष्ट्याउने प्रयास गरेका छन् ।
खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।
तीननेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका थिए । आफ्नै समूहका नेताहरु असन्तुष्ट बनेपछि प्रचण्डले आइतबार बिहान उनीहरुसँग परामर्श गरेका हुन् ।
ओलीले शनिबार (हिजो) बसेको सचिवालय बैठकमा यस्तो प्रस्ताव सुनाएका थिए ।
२०७७ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








