विराट मेडिकल कलेजद्वारा विपन्न नागरिकको उपचारमा १ लाख ५ हजारसम्मको छुट

काठमाडौं । विराटनगरस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ । विपन्न वर्गका नागरिकहरूलाई लक्षित गर्दै भारी छुट व्यवस्था सुरू गरिएकाे अस्पतालकाे भनाइ छ ।

सरकारले ल्याएको निःशुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत विराट अस्पतालले हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर र पार्किन्ससका साथै हेमोडायलोसिस सेवामा १ लाख ५ हजारसम्मको छुट दिने व्यवस्था गरेको हो ।

साउन १ गतेदेखि लागु भएकाे अस्पतालको उक्त सेवा लिनका लागि अस्पतालले मागेकाे आवश्यक कागजपत्र भने बिरामीले अनिवार्य रुपमा बुझाउनुपर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *