वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. रेग्मी नियुक्त

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा. रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम शिफारिस गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ती गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले डा.रेग्मीको नाम पनि शिफारिस गरेका थिए ।

डा.रेग्मीले नियुक्ती पत्र पनि लिइसकेका छन् । डा. रेग्मीले प्रतिष्ठानकाे गरिमालाई जाेगाउँदै श्रीवृद्धिमा लागि पर्ने बताए । उनी केहि दिनमै धरान गएर कार्यभार संहाल्ने तरखरमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =