म्यानचेस्टर सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा साविकको विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

बेम्बली रंगशालामा भएको खेलमा आर्सनलले सिटीलाई २-० गोलले पराजित गर्यो । आर्सनलको जितमा पिएर्रे एमेरिक अउबामेयांगले दुवै गोल गरेका थिए । अउबामेयांगले खेलको १९औ र ७१औ मिनेटमा गोल गरेका थिए ।

जितसँगै एफए कपको सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल पुनः उपाधि नजिक पुगेको छ । अब आर्सनलले आज हुने चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि अगस्ट १ मा फाइनल खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *