नक्कली नोट सहित एक भारतीय र दुई नेपाली पक्राउ

बारा । प्रहरीले नक्कली नोट सहित ३ जना ब्यक्तिलाई पक्राउ गरेको छ । लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले नक्कली नोट सहित ३ जना ब्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीले उनिहरूलाई खोजतलाश गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा नक्कली नोट सहित फेला पारिएको बताए ।

उनिहरूको साथबाट झोला खानतलासी गर्ने क्रममा नक्कली नेपाली नोट १००० दरको १४६५ थान, १०० दरको ७४६ थान, नक्कली भारतीय नोट ५०० दरको २८४ थान, ५० दरको ७०६ थान फेला परेको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको छ ।

नक्कली नोट सहित जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका वडा नं. ५ बस्ने वर्ष २६ को मनोज कुमार साह तेली, भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं. १० बस्ने वर्ष २५ को सुधिर कुमार कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *