स्थानीयको विवादमा असई र प्रहरी जवान घाइते

बाजुरा । बुढीनन्दा गाउँपालिका–७ मा स्थानीयहरुबीचको विवादमा ढुङगामुढा प्रहार हुँदा दुई प्रहरी घाइते भएका छन् ।

वेतालमाण्डौंमा एक युवाको समूहबीच कुटपिट भएको खबर पछि घटनास्थल पुगेका प्रहरी माथि स्थानीयले ढुङगामुढा प्रहार गर्दा नेपाल प्रहरीका असई दिलिप सिंह महरा र प्रहरी जवान भीम बहादुर रौले घाइते भएका हुन्।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेका अनुसार वेतालमण्डौंमा होटल व्यवसाय गर्ने पारस रावलसँग वडा अध्यक्ष भुवन केसीका छोरासहित युवाको एक समुहले कुटपिट गरेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो। घटनामा संलग्नहरुको खोेजी गरिरहेको प्रहरी टोलीमाथि गाउँलेले ढुंगामुढा प्रहार गरेका थिए ।

घाइतेह दुबै प्रहरीको बयलपाटा अस्पताल अछाममा उपचार भइरहेको प्रजिअ गैह्रेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =