धरान गल्फ कोर्षलाई टयाक्टर हस्तान्तरण

धरान । गल्फ खेलाडीहरुको खेललाई व्यवस्थित तथा बृद्धि बिकासमा सहयाेग पुर्याउन धरान गल्फ क्लबलाई मेसेनरी सहयोग प्रदान गरेका छन् । धरान उपमहानगरपालिका, क्लबका सदस्यहरु तथा कबिन ईन्टरनेश्नल प्रा.लि. बिराटनगरले संयुक्त सहयोगमा करिब १२ लाख बराबरको घाँस काटन प्रयोग हुने टयाक्टर सहयोग गरेका हुन ।

धरान उपमहानगरपालिकाले नगद ५ लाख सहयोग गरेका हुन् भने गल्फ क्लबले ४ लाख ५० हजार जुटाई सो टयाक्टर खरिद गरिएकाे हाे । सोनालीका कम्पनीको टयाक्टरको मुल्य १२ लाख रहेपनि कबिन ईन्टरनेश्नलले नगद २ लाख ५० छुट गरेकाे छ ।

 कोर्षको मर्मत सम्भारको लागि तीनै पक्षबाट भएको सहयोगले निर्वाणा कन्ट्री क्लबको विकासमा थप टेवा पुग्ने क्लबका सचिव जितेन राईले बताए । बिभिन्न समयमा सो गल्फ काेर्समा गल्फ प्रतियोगिता हुँने क्लबका अध्यक्ष टिका राईले बताए ।

शनिबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले क्लबका अध्यक्ष टीका राईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष एवं धरान वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बू, धरान १८ का वडा अध्यक्ष प्रबिण राई, गल्फ खेलाडी तथा सुनसरी टेक्नीकल कलेजका अधयक्ष लेखी सुब्बा लगायत गल्फ खेलाडीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *