खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्दै क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक छनोट गर्ने भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि रिक्त रहेको पदमा क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने भएको हो ।

नेपालको राष्ट्रिय क्रिकेट टोली लामो समयदेखि मुख्य प्रशिक्षकविहीन छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको हो ।

क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने लागेको हो ।

आइसीसी र एसीसीसँगको समन्व्यमा क्यानले अब खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने जानकारी दिएको छ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले आइसीसीसँगको समन्वयमा मुख्य प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गर्ने तयारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *