नेता/कार्यकर्तालाई कांग्रेस नेता रामचन्द्रको आग्रह, ‘देउवा पनि नसमात्नुस्, पौडेल पनि नसमातनुस्’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिको पछाडि नलाग्न नेता कार्य/कर्ताहरुलाई आग्रह गरेका छन् ।

१४ औं महाधिवेशन आउन सात महिना बाँकी रहेका बेला पौडेलले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।

उनले गुटतर्फ संकेत गर्दै व्यक्ति हेरेर पार्टी सभापति शेरबहादुर देउवा वा आफ्नो पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, “पक्ष वा त्यरो पक्षमा कोही पनि नटाँसिऔं,’ सगरमाथा आरोहीहरूलाई कांग्रेस प्रवेश गराउँदै पौडेलले भनेका छन्, ‘देउवा पनि नसमात्नुस्, पौडेल पनि नसमात्नुस् । मैले देशभर डुल्दा यी कुराहरू सबैलाई भनेको छु ।”

यस्तै उनले १४ औं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *