भारतमा भयावह कोरोना : पछिल्लो २४ घण्टामा थप ३४,८८४ जनामा संक्रमण

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप ३४ हजार ८ सय ८४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाबाट शनिबार (आज) बिहानसम्म २६ हजार २ सय ७३ जनाको मृत्यु भएको छ ।

यस्तै त्यहाँ ६ लाख ५३ हजार ७ सय ५१ जना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *