वीपी प्रतिष्ठानबाट १० जना डिस्चार्ज, एक संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् भने एक जनामा संक्रमण पुष्टि भएको छ ।

थप १० जना डिस्चार्ज भएसँगै त्यहाँबाट संक्रमणमुक्त भएर फर्किनेको संख्या २६६ पुगेको छ । त्यस्तै प्रतिष्ठानमा हालसम्म १२ हजार २६७ जनाको पीसिआर परीक्षण भएको छ ।

त्यसैगरी वीपीमा उपचाररत एक ७३ वर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । प्रतिष्ठानमा २ जना कोरोना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *