सुजुकि बाईककाे खरिदमा १५ हजार नगद छुट

काठमाडौं । सुजुकि माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजि अटाे माेबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्येनजर गर्दै काेराेना विशेष स्किमकाे घाेषणा गरेकाे छ ।
विगत ३ महिनाबाट लकडाउनले पारेकाे आर्थिक असरलाई केही सहजता मिलाेस् भन्ने हेतुले ‘उत्तरचढाव आइरहन्छ, सुजुकिकाे साथ रहिरहन्छ’ भन्ने मुल नाराका साथ प्रत्येक माेटरसाईकल तथा स्कुटरकाे खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरकाे स्किमकाे आह्वान गरेकाे छ ।
ग्राहकलाई १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याज दरमध्ये जुन ठिक लाग्छ त्याे छानेर लिन सकिने कम्पनीले जनाएकाे छ । कम्पनीले अगाडि सारेकाे स्किम यहि साउन १ गतेदेखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । एक्सचेञ्जमा समेत याे स्किम लागु गरिएकाे कम्पनीकाे भनाइ छ ।
सुजुकिका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन् । १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्री सुरु भएकाे जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रूचाएका छन् ।








