प्रदेश नम्बर एकमा थप ३० जना काेराेना संक्रमित डिस्चार्ज

विराटनगर । प्रदेश नम्बर १ मा आज (शुक्रबार) थप  २४ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९आईसोलेसन अस्पतालमा उपचाररत २७ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले जनाएको छ । याेसँगै  प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ ।

प्रदेश १ मा आज नै १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार प्रदेश १ मा संक्रमितको संख्या ७ सय ७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =