थप १०१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ३ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १०१ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमित बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडाैंका १ र भक्तपुरका २ जना रहेका छन् । अन्य संक्रमितहरू झापा, धनुषा, बारा, मकवानपुर, रौतहट, सिन्धुली, काभ्रेपलाञ्चोक, लमजुङ, तनहुँ, बर्दिया, रोल्पा, सल्यान, डडेल्धुराका रहेका छन् ।

५ हजार ८७१ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टिनमा रहनेको संख्या शुक्रबार २२ हजार ७५६ रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार ४ हजार ६८८ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *