ओसासुनासँग बार्सिलोना पराजित, मेसीले भने- ‘यस्तै खेले च्याम्पियन्स लिग पनि जितिदैन’

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग २(१ गोल अन्तरले पराजित भएको हो ।

ओसासुनाका लागि जोसे अर्नैज र रोबेर्टो टोरेजले एक एक गोल गरेका थिए । भने बार्सिलोनाका लागि लियोनेल मेसीले एक गोल गरेका थिए । हारसँगै बार्सिलोनाको यस सिजन उपाधि बिना नै सकिएको छ ।

मेसीको प्रतिक्रिया
स्पेनिस ला लिगाको यस सिजन गुमाएपछि कप्तान लियोनेल मेसीले कडा प्रतिक्रिया दिएका छन् । मेसीले यस्तो खेल जारी राखे च्याम्पियन्स लिगमा नापोलीविरुद्ध पनि हार्ने चेतावनी दिए ।मुभीस्टार प्लसलाई दिएको अन्तर्वार्तामा आफ्नो निराशा व्यक्त गरेका छन् । ६ पटक बेलुन डोअर जितेका मेसीले आफ्नो टिमले च्याम्पियन्स लिग जित्नेमा समेत ठुलो प्रश्न गरे ।

मेसीले भनेका छन्- ‘हामीले यसरी सिजनको अन्त्य चाहेका थिएनौं । आजको खेलले यो सिजन कस्तो भयो भन्ने प्रतिनिधित्व गर्दछ ।’ मेसीले बार्सिलोना धेरै कमजोर, आक्रामक नभएको र अनुमान गर्न नसक्ने किसिमको टिम भएको भन्दै धेरै अंक अनावश्यक रुपमा गुमाएको समेत बताए ।

उनले सिजनको ‘समरी’ आजको खेल भएको समेत बताए । उनले भनेका छन्- ‘यदि हामी च्याम्पियन्स लिग जित्न चाहन्छौं भने धेरै कुरा परिवर्तन गर्नु पर्दछ । यदि हामी यस्तै निरन्तरता दियौं भने हामीले नापोलीविरुद्धको खेल पनि हार्ने छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *