रियल म्याड्रिडले जित्यो स्पेनिस ला लिगाको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको ९ खेलमध्ये रियलले आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित लिग उपाधि पक्का गरेको हो ।

म्याड्रिडले भिल्लारियलमाथि २-१ गोल अन्तरको जित हासिल गर्दै लिगको यस सिजनको उपाधि पक्का गर्यो । रियल म्याड्रिडको जितमा करिम बेन्जमाले दुवै गोल गरेका थिए । उनले खेलको २९औ र ७७औ मिनेटमा गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि इबोर्राले खेलको ८३औ मिनेटमा एक गोल गरेका थिए ।

योसँगै रियल म्याड्रिडले लिगको एक खेल खेल्न बाँकी हुदै लिगको उपाधि जितेको छ । लिगमा ३७ खेलपछि रियलको ८६ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोना गएराती भएको ओसासुनाविरुद्धको खेल २१ ले गुमाएपछि ३७ खेलमा ७९ अंक रहेको छ ।

रियल म्याड्रिडले ला लिगाको इतिहासमा सबैभन्दा बढी ३४औ पटक लिगको उपाधि जितेको छ । पछिल्लो पटक २०१६(१७ सिजनपछि पहिलो पटक रियलले लिगको उपाधि जितेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *