प्रिमियर लिगमा सिटीको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एफसी बर्नमाउथमाथि २–१ को जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा डेभिड सिल्भा र ग्याब्रियल जेससले गोल गरे । बर्नमाउथका डेभिड ब्रुक्सले सान्त्वना गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै कप्तान सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा सिल्भाकै पासमा जेससल गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा ब्रुक्सले गोल गर्दै गोल अन्तर २–१ मा झारेपनि खेलमा फर्कन निकै ढिला भइसकेको थियो । जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलबाट ७५ अंक पुगेको छ । बर्नमाउथ ३१ अंक जोडेर १८औं स्थानमा यथावत छ ।

अर्को खेलमा इन्ज्युरी समयमा सम्हालिन नसक्दा वल्भ्स बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । राहुल जिमिनेजको गोलबाट वल्भ्स ७६औं मिनेटमा अघि बढेको थियो । तर, इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा क्रिस वुडले गोल गरेपछि वल्भ्स बर्नलीसँग अंक बाड्न बाध्य बन्यो ।

बराबरीसँगै वल्भ्स ३६ खेलबाट ५६ अंक जोडेर छैटौ स्थानमा यथावत रहँदा बर्नली पनि ५१ अंक जोडेर १०औं स्थानमा यथावत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *