ढोरपाटन नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखराबाट बुधबार (हिजो) साँझ रंगेहात पक्राउ गरेको हो ।

ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए ।

अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिन सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको श्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *