विश्वभर कति पुगे कोरोना संक्रमित, कुन महादेशमा कति कोरोना संक्रमित ?

काठमाडौ । विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ५ लाख ८५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोभिड–१९ का कारण ५ लाख ८६ हजार ७७४ जनाको ज्यान गएको छ ।

संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ९१६ पुगेको छ । उपचारपछि निको हुनेहरुको सख्या ८० लाख ३६ हजार ४७३ पुगेको वल्र्डोमिटरले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार मेक्सिकोमा ५ सय ७९ नयाँ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मेक्सिकोमा ६१४९ नयाँ केसहरु देखा परेका छन् । अहिलेसम्म मेक्सिकोमा ३ लाख १७ हजार ६३५ कोरोना संक्रमित फेला परेकोमा ३६,९०६ को मृत्यु भइसकेको छ ।

यता दक्षिण कोरियामा ६१ नयाँ केस देखा पर्दा पछिल्लो तथ्यांक अनुसार २ जनाको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार १३६१२ संक्रमित हुँदा २९१ ले ज्यान गुमाएका छन् । अस्ट्रेलियामा १८ वटा नयाँ केस देखापरेका छन् । जहाँ हालसम्म कोभिड–१९ का संक्रमितको संख्या १०, ५०५ पुगेकोमा १११ ले ज्यान गुमाएका छन् ।

कुन महादेशमा कति

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या युरोपमा १,९७,७५४ पुगेको छ । युरोपमा अहिलेसम्म २६,१३,८०९ संक्रमित पुगेका छन् । युरोपका रसिया, स्पेन, युके, इटाली, जर्मनी, फ्रान्स, स्विडेन, बेल्जियम, नेदरलेण्डमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या बढी छ ।

उत्तर अमेरिकामा १,९०,६८५ को मृत्यु हुँदा अमेरिकामा धेरै कोभिड–१९ बाट मृत्यु हुनेहरु रहेका छन् । अमेरिकामा १, ४०, १४० मृत्यु हुँदा त्यहाँ ३६ लाख १६ हजार बढि संक्रमित पुगेका छन् उत्तर अमेरिकामा ४२ लाख ३५ हजार बढि कोरोना संक्रमित पुगेका छन् ।

एशियामा ३१ लाख १३ हजार बढि कोभिड–१९ संक्रमित छन् । एशियाका इण्डिया, इरान, पाकिस्तान, साउदी अरेविया, टर्की, बंगलादेश, इराक, चाइना, इन्डोनेसियामा मृत्यु हुनेको संख्या बढ्दो छ । एशियामा अहिलेसम्म ७३ हजार ८८९ को मृत्यु भएको छ ।

यता दक्षिण अमेरिकामा १ लाख १० हजार बढिको मृत्यु भएको छ । जहाँ ३० लाख ४९ हजार बढि कोरोना संक्रमित पुगेका छन् । दक्षिण अमेरिकी राष्ट्रहरु मध्ये ब्राजिल, पेरु, चिली, कोलम्बीया, इक्वेटरमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या चार अंकमा पुगेको छ ।

अफ्रिकामा अहिलेसम्म १४ हजार बढिको मृत्यु भएको छ । जहाँ अहिलेसम्म ६ लाख ४६ हजार कोरोना संक्रमितको पुष्टि भएको छ । दक्षिण अफ्रिकाका ५७ राष्ट्र मध्ये, साउथ अफ्रिका, इजिप्ट, निगारा, अल्जेरिया लगायतका देशमा संक्रमितको संख्या हजार पुगेको छ ।

आसियानाका ६ वटा राष्ट्रहरु मध्ये, अस्ट्रिया, न्यूजलेण्डमा कोरोना संक्रमितको मृत्यु भएको छ । आसियाना राष्ट÷हरुमा अहिलेसम्म १२ हजार बढि कोरोना संक्रमित हुँदा १३३ जनाको मृत्यु भएको छ ।

थप जानकारीका लागि क्लिक गर्नुहाेस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *