देशभर ११६ कोरोना संक्रमित थपिदा काठमाडाैंका ७ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको जानकारी दिए । आज थपिएका संक्रमितमध्ये ७ जना काठमाडाैंकाे उनले बताए ।

संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । ६ हजार ११४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

त्यसैगरी देशभर २४ हजार ५२७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ९० जनाको पीसिआर परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =